बुधबार, पुष १०, २०८१

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला हुने


८ असोज, काठमाडौं । घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला हुने भएको छ । बुधबार यातायात व्यवस्था विभागमा बसेको सरोकारवालाको बैठकले १२ असोजदेखि अग्रिम बुकिङ खुलाउने निर्णय गर्दै घटस्थापनादेखि रुट परमिट खुला गर्ने निर्णय गरेको हो ।

विभागका अनुसार यात्रुबाहक सवारी साधनलाई घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर लागु हुने गरी रुट परमिट खुला गरिने छ । तर, कुनै बाटोको विशेष प्रकृतिका कारण बाटोमा चल्न निषेध गरिएका आकार–प्रकारका सार्वजनिक सवारीसाधनको बन्देज भने कायमै रहने भएको छ ।

दशैंका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ आगामी शनिबार (१२ असोज) देखि खुल्ने भएको छ । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलका अनुसार मंगलबार यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको नेतृत्वमा बसेको सरोकारवालाको बैठकले सो निर्णय गरेको हो ।

यससँगै सर्वसाधारणले सार्वजनिक बसको अग्रिम टिकट खुल्ने भएको छ । यसअघि भौतिक मन्त्रालयले आयोजना गरेको बैठकमा घटस्थापना अगाडि नै सडकका खाल्डा-खुल्डी पुरेर सुरक्षित पार्ने, चाडबाडपछि भाडा समायोजन गर्ने सहितका सहमति भई अग्रिम बुकिङ खुलाउने सहमति भएको थियो ।

उक्त सहमति अनुसार विभागले १२ असोजदेखि लागू हुने गरी अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको सिटौलाले जानकारी दिए ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading