सोमबार, पुष ०८, २०८१

दीपक मनाङेले दिए राजीनामा


१६ भदौ, पोखरा । गण्डकी सरकारका मन्त्री दीपक मनाङेले राजीनामा दिएका छन् । सोमबार दिउँसो मनाङेले स्वकीय सचिव सन्तोष अधिकारीमार्फत मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई राजीनामा बुझाएका हुन् ।

मनाङेको राजीनामा पत्र लिएर मुख्यमन्त्री कार्यालयमा पुगेका अधिकारीले अपरान्ह ५ बजेपछि मुख्यमन्त्री पाण्डेलाई राजीनामा पत्र बुझाएका हुन् । यसअघि भौतिक पूर्वाधारमन्त्री रहेका मनाङेलाई मुख्यमन्त्री पाण्डेले सोमबार वन मन्त्रालयको जिम्मेवारी दिएका थिए । आफ्नो मन्त्रालय फेरिएपछि असन्तुष्ट मनाङेले राजीनामा दिएका हुन् ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading