08/18/2025, 10:31:06

पूर्वराष्ट्रपति भण्डारीद्वारा चिनियाँ जनतालाई समवेदना व्यक्त


काठमाडौँ, २३ पुसः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मित्रराष्ट्र चीनको तिब्बत केन्द्रविन्दु भएर आज गएको शक्तिशाली भूकम्पका कारण ठूलो सङ्ख्यामा चिनियाँ नागरिकको ज्यान जानुका साथै घाइते भएको र भौतिक पूर्वाधारको क्षति भएकामा दुःख व्यक्त गर्नुभएको छ ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत पूर्वराष्ट्रपति भण्डारीले दुःखको यस घडीमा चीनका राष्ट्रपति सी चिनफिङ, चीन सरकारमार्फत भूकम्पमा परी ज्यान गुमाएका शोकाकुल परिवारप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ । “दुःखको यस संवेदनशील घडीमा नेपाल र नेपाली जनता चिनियाँ जनताको साथमा छौँ । छोटो समयमै घाइतेहरूको उपचार र उद्धार कार्य पूरा भई जनजीवनलाई सामान्य बनाउन चीन सरकारलाई सफलता मिल्नेछ भन्ने मैले पूर्ण विश्वास लिएको छु”, पूर्वराष्ट्रपति भण्डारीले लेख्नुभएको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..