सङ्खुवासभाको चिचिला गाउपालिका -४ स्थित धार्मिक तथा पर्यटकीयस्थल मत्स्यपोखरी । मत्स्यपोखरीमा हरेक वर्ष मङ्सिर महिनामा ठुलो मेला लाग्ने गरेको छ । यो पोखरीमा असला माछाको समेत दृश्यावलोकन गर्न सकिन्छ । तस्बिर : भविन कार्की/रासस
Click on Photo to Enlarge
सुनसरीकाे काेसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा देखिएको लामाऔँले (ब्राेन्ज विङ्ड ज्याकाना) चरा । मेटोपिडियस जातको एकमात्र याे प्रजाति दक्षिण र दक्षिणपूर्वी एसियामा पाइन्छ । तस्बिर : नवीन गड्ताैला/रासस
Click on Photo to Enlarge
सुर्खेतको वीरेन्द्रनगरमा सडकको किनारामा ढकमक्क फुलेको काँयो सल्ला । स्थानीय बोलीचालीको भाषामा काँयो सल्ला भनिने यो रुखको वैज्ञानिक नाम ग्रेभिल्ला रोबुस्टा हो । तस्बिरः सुरेश आचार्य/रासस
Click on Photo to Enlarge
मुस्ताङको थासाङ गाउँपालिका–२, टुकुचे गाउँ नजिकै रहेको टुकुचे तोगा मैत्री संस्थापक जापानीज स्व डा आकिओ उजिहाराको स्मृतिमा २०७२ साल चैत्र ९ गते स्थापना गरिएको स्मृति पार्क र पृष्ठभूमिमा निलगिरी हिमाल । तस्बिरः सुशीलबाबू थकाली/रासस
Click on Photo to Enlarge
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका – ३ अवस्थित समर गाउँ । यहाँका नौ घरधुरी परिवार कृषि र पशुपालन व्यवसाय आबद्ध रहेका छन् । तस्बिरः सुन्दरकुमार थकाली/रासस
Click on Photo to Enlarge
लामो समयपछि मौसम खुला भएपछि पोखरा महानगरपालिकाको काहुँडाँडाबाट मङ्गलबार देखिएको माछापुच्छ्रेलगायतका हिम शृङ्खलाको दृश्य । तस्बिर ः कृष्ण दवाडी÷रासस
Click on Photo to Enlarge
खट तथा अबिर ‘सिन्दुर’ जात्रा मनाइँदै : हरेक वर्ष वैशाख २ गते मध्यपुर थिमिमा मनाउने बिस्का जात्रामा विभिन्न देवदेवीको खट जात्रा गरिँदै। यस जात्राालाई ३२ खटको जात्रा वा भुई सिन्ह (सिन्दुर) जात्रा भनी प्रख्यात रहेको छ । तस्बिरः रत्न श्रेष्ठ÷रासस
Click on Photo to Enlarge
खट तथा अबिर ‘सिन्दुर’ जात्रा मनाइँदै : हरेक वर्ष वैशाख २ गते मध्यपुर थिमिमा मनाउने बिस्का जात्रामा विभिन्न देवदेवीको खट जात्रा गरिँदै। यस जात्राालाई ३२ खटको जात्रा वा भुई सिन्ह (सिन्दुर) जात्रा भनी प्रख्यात रहेको छ । तस्बिरः रत्न श्रेष्ठ÷रासस
Click on Photo to Enlarge
मुस्ताङमा बुधबार राति अविरल वर्षासँगै हिमपातपछि सेताम्मे देखिएको निलगिरि हिमाल । मुस्ताङको थासाङ क्षेत्र हुँदै मुक्तिनाथ र उपल्लो मुस्ताङमा बेमौसमी हिमपात भएसँगै डाँडाकाँडा, बस्ती र हिमाल सेताम्मे भएका छन्
Click on Photo to Enlarge
बुधबार राति आएको हुरीका कारण गुल्मीको मालिका गाउँपालिकामा उडाएर सडकमा ल्याएका स्थानीयको घरका टिन