मुक्तिनाथमा मन्दिरमा पूजाअर्चनापछि भक्तजनलाई मजदुरले डोलामा बोकेर फर्किँदै । पैदल हिडन नसक्ने, शारिरीक रुपले अशक्त र ज्येष्ठ नागरिकलाई रानीपौवा बसपार्कदेखि मुक्तिनाथ मन्दिरसम्मको करिब ४५ मिनेटको दुरीमा मजदुरले सशुल्क डोलामा बोकेर लैजाने र ल्याउने सेवा दिने गर्दछन्
Click on Photo to Enlarge
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१ मा अवस्थित भोटेचौर बजार र आसपासका दृश्य
Click on Photo to Enlarge
मानव सेवा फाउन्डेसन नेपालद्वारा कास्की पोखरा महानगरपालिका–१७ पार्दी विरौटामा हुने ऐतिहासिक गण्डकी शत कुण्डीय गायत्री कोटिहोमको पूर्वसन्ध्यामा मङ्गलबार पोखरामा आयोजित कलशयात्रा । कोटिहोम वैशाख १७ देखि जेठ २६ गतेसम्म हुने तयारी भइरहेको छ
Click on Photo to Enlarge
मानव सेवा फाउन्डेसन नेपालद्वारा कास्की पोखरा महानगरपालिका–१७ पार्दी विरौटामा हुने ऐतिहासिक गण्डकी शत कुण्डीय गायत्री कोटिहोमको रुद्राक्षद्धारा निर्माण गरिएको २१ फिटको शिवलिङ्ग नियाल्दै भक्तजन । कोटिहोम वैैशाख १७ देखि जेठ २६ गतेसम्म सञ्चालन हुने भएको छ
Click on Photo to Enlarge
खम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित नाम्चे बजार। सुविधा सम्पन्न होटल रहेकाले पर्यटकहरु केही दिन यहाँ आराम गरेर सगरमाथा आधार शिविरतर्फ अघि बढ्छन् । नाम्चे बजार खम्बु क्षेत्रको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको छ
Click on Photo to Enlarge
मुस्ताङको घरपझोङ गाउँपालीका–३ स्थित जोमसोम बजार र पृष्ठभूमिमा निलगिरी हिमाल । मौसम खुलेसँगै जोमसोम आसपासका क्षेत्रहरु थप मनोरम देखिएसँगै पर्यटकहरु हर्षित भएका छन्
Click on Photo to Enlarge
मनाङलाई सडक सञ्जालले जोडिएको मनाङ र लमजुङको सिमानामा अवस्थित म्यार्दी खोला माथिको मोटर चल्ने पुल । सो पुल लमजुङ सदरमुकाम बेसीसहरदेखि ३५ किलोमिटर दूरीमा रहेको छ । विसं २०५९ सम्म स्थानीयवासी यहाँ जोखिम मोलेर काठको पुलबाट आवतजावत गर्थे। नेपाली सेनाले पुल निर्माण गरेपछि सवारीसाधन र सर्वसाधारणलाई आवतजावत गर्न सहज भएको छ
Click on Photo to Enlarge
राउण्ड अन्नपूर्ण चर्किय पदमार्ग अन्तर्गत हिमाली जिल्ला मनाङबाट थोरोङ्ला हुँदै मुक्तिनाथ क्षेत्रतर्फ पदयात्रा गरिरहेका विदेशी पर्यटक
Click on Photo to Enlarge
निर्माणाधीन सडक : मुग्लिन पोखरा सडक विस्तारअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित मस्र्याङ्दी नदी किनारमा निर्माण हुँदै गरेको सडक । विमलनगरमा एकातर्फ चट्टान रहेकाले नदी किनार माथिबाटै सडक निर्माणको काम भइर