तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९ स्थित मादीसेती र त्रिसुली नदीको सङ्गमस्थल गाईघाट र मुग्लिन–नारायणगढ सडक
Click on Photo to Enlarge
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका—५ लोमान्थाङमा रहेको ऐतिहासिक तथा धार्मिक महत्वको छोर्तेन र माने
Click on Photo to Enlarge
हुम्लाको नाम्खा गाउँपालिका-२ स्थित छोसा हिमाल । यो हिमाल लिमि लाप्चाबाट कैलाश मानसरोवरको दर्शन गर्न जाने बाटोमै पर्छ
Click on Photo to Enlarge
माई नगरपालिका-१ स्थित पर्यटकीयस्थल तेह्रकुने पोखरी । तेह्रवटा कुनामा फैलिएको पोखरीमा डुङ्गा सयर गर्न, वरिपरि पदयात्रा गर्न पर्यटकहरु आउने गर्दछन्
Click on Photo to Enlarge
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा अवस्थित तेन्जिङ –हिलारी विमानस्थल ‘लुक्ला’ । सगरमाथा आरोहण तथा खुम्बुक्षेत्र भ्रमणका लागि ‘लुक्ला’ व्यस्त विमानस्थलको रुपमा रहेको पाइन्छ
Click on Photo to Enlarge
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५ स्थित थामेगाउँ । गत वर्ष साउनमा हिमताल फुटेर आएको बाढीले क्षतिग्रस्त बनाएका थामेका संरचनाहरु हाल पुनर्निर्माणका कार्य जारी छ
Click on Photo to Enlarge
भूकम्प स्मृति स्तम्भ : गोरखाको उत्तरी भेगमा पर्ने वारपाक गाउँमा विसं २०७२ वैशाख १२ को भूकम्पपछि निर्माण गरिएको भूकम्प स्मृति स्तम्भ । वारपाक केन्द्रविन्दु भएर गएको भूकम्पबाट यस क्षेत्रका सबैजसो घर भत्किदा ७२ जनाको ज्यान गएको थियो