सर्लाही, पुस २९ गते । मलंगवा नगरपालिका-९ निमगासीस्थित सडकबाट स्रोत नखुलेको नगद ५ लाख ५० हजार रुपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कौडेना गाउँपालिका-७ सक्रौल बस्ने २३ वर्षीय अर्जुन बरही र ४६ वर्षीय संजय साह रहेका छन् ।
प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ३० एसी २६०५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित फेला पारी आइतबार दिउँसो पक्राउ गरेको हो । हाल उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक कारबाही तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
















