काठमाडौँ, पुस २१ : भक्तपुरको ठिमीमा एक व्यक्ति मृत फेला परेका छन् ।
मध्यपुर ठिमी नगरपालिका–६, राई टोल बस्दै ४० वर्षीय आएका सनिप चाम्लिङ राई गोली लागेर मृत्यु भएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर, भक्तपुरका प्रवक्ता प्रकाश जबेगुले बताए ।
प्रहरीका अनुसार, प्रारम्भिक जाँचमा उनले आफ्नै कन्चटमा गोली हानेको जस्तो देखिएको छ । प्रहरीका अनुसार, उनले लाइसेन्स प्राप्त हतियारबाट आफैंलाई गोली हानेको जस्तो देखिएको हो । ‘त्यो हतियार उनका भिनाजु सूर्यकुमार नेम्वाङको नाममा दर्ता रहेछ, अन्य कुरा बुझिरहेका छौं,’ जबेगुले भने ।
अहिले प्रहरी वृत्त, ठिमीबाट अनुसन्धानका लागि प्रहरी घटनास्थलमा पुगेको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
















