काठमाडौँ, पुस ९ : नेपाल ट्रस्ट जग्गा अनियमितता प्रकरणमा पूर्वसचिव र पूर्वसहसचिवलाई धरौटी बुझेर छाड्न अदालतले आदेश दिएको छ ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश रामचन्द्र खड्काको इजलासले पूर्वसचिव अर्जुनकुमार कार्कीबाट ६ लाख र पूर्वसहसचिव लेखबहादुर कार्कीसँग १० लाख रुपैयाँ धरौटी माग गरेको हो ।
नेपाल ट्रस्टको दरबारमार्गस्थित १ रोपनी १४ आना जग्गा भाडामा दिने निर्णयमा बदनियत देखिएको भन्दै जिल्ला अदालत काठमाडौंमा ठगी मुद्दा दर्ता भएको थियो ।
ट्रस्टका तत्कालीन सचिव अर्जुनकुमार कार्की, सहसचिव लेखबहादुर कार्की, थामसेर्कु ट्रेकिङ प्रा.लि र त्यसका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पाविरुद्ध सरकारी वकिलको कार्यालयले बुधबार मुद्दा दर्ता गरेको थियो ।
प्रहरीले २१ कात्तिकमा पूर्वसहसचिव लेखबहादुर कार्की र ३० कात्तिकमा पूर्वसचिव अर्जुन कार्कीलाई पक्राउ गरेको थियो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा तयार पारिएको अभियोगपत्रमा ‘ट्रस्टको सम्पत्ति निजी कम्पनीलाई विवादित रूपमा लिज/सम्झौतामा दिएर सरकार र ट्रस्टलाई ठूलो घाटा पुर्याएको देखिएको’ दाबी गरिएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












