काठमाडौँ, पुस २३ : सामाजिक सञ्जाल र पर्यटन क्षेत्रमा सक्रिय ‘सोलो ट्राभलर‘ सिर्जना ओलीले रास्वपाको समानुपातिक बन्दसूचीबाट आफ्नो नाम फिर्ता लिएकी छन् ।
काठमाडौंका मेयर बालेन्द्र शाहको टिमको सिफारिसमा रास्वपाको बन्दसूचीमा समेटिएकी ओलीले आफू अहिले नै सक्रिय राजनीतिमा नआउने प्रस्ट पार्दै उम्मेदवारी फिर्ता लिइसकेको जनाएकी छन् । उनले भनिन, ‘मैले बालेन्द्र शाहको टिमसँग सल्लाह गरेर नै उम्मेदवारी फिर्ता लिएकी हुँ । आफ्नो क्षेत्रमा नै काम गर्नका लागि राजनीतिमा नआउने निर्णय गरेकी हुँ ।‘
लामो समयदेखि देशका विकट क्षेत्रहरूको भ्रमण गरी पर्यटन प्रवर्द्धनमा लागेकी ओलीले सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सार्वजनिक गरेकी हुन् । उनले आफ्नो नाम फिर्ता लिनुको मुख्य कारण पर्यटन क्षेत्रकै काममा केन्द्रित हुनु रहेको बताएकी छन् ।

मध्यपहाडी लोकमार्गको यात्राका क्रममा रहेका बेला आफूलाई बालेन्द्र शाहको टिमबाट समानुपातिक सूचीका लागि प्रस्ताव आएको उनले उल्लेख गरेकी छन् । ‘देशका लागि योगदान दिने अवसर ठानेर मैले हतारमा ‘नाइँ’ भन्न सकिनँ,’ उनले लेखेकी छन्, ‘तर पछि सोच्दा यो निर्णय अलि हतारमा भएछ भन्ने महसुस भयो ।‘
यात्रामा रहेका कारण र केही प्राविधिक समस्याले गर्दा नाम फिर्ताको जानकारी दिन केही दिन ढिलाइ भएको उनले स्पष्ट पारेकी छन् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












