काठमाडौँ, मङ्सिर २६ : नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्राडा कुमारसिंह इङ्नामले सिंहदरबास्थित मन्त्रालयमा पद वहाली गर्नुभएको छ । उहाँलाई मन्त्रालयका सचिव मदन भुजेल लगायत उच्चपदस्थ कर्मचारीले स्वागत गर्नुभएको थियो ।
पदवहालीपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै मन्त्री इङ्नामले बाँझो जमिनको अधिकतम उपयोग गर्नुपर्छ भन्नुभयो ।
“नेपालको जमिन उर्बर छन्, भूउपयोग कमजोर छ, कृषिमा धेरै नेपाली आश्रित छन्, किसानलाई सहजीकरण र उत्पादनको बजारीकरणलाई प्राथमिकता दिन्छौँ”, उहाँले भन्नुभयो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










