काठमाडौँ, मङ्सिर २६ : आगामी निर्वाचनमा अन्तर जिल्ला र विदेशबाट मतदानको व्यवस्था मिलाउन माग गर्दै पूर्वमन्त्री सुमना श्रेष्ठ, प्रवासबाट फर्किएका नेपाली तथा जेन-जी पुस्ताका प्रतिनिधिसहितको समूहले कायममुकायम प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसमक्ष आज ज्ञापनपत्र प्रस्तुत गरेको छ ।
सर्वोच्च अदालतले २०७४ मा गरेको निर्णयअनुसार विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार सुनिश्चितत गर्न ज्ञापनपत्रमा माग गरिएको छ ।
समूहमा नेपाल विवेकशील पार्टीका अध्यक्ष सन्तोष घिमिरे, जेन-जी पुस्ताका प्रतिनिधि प्रकृति ढकाल लगायत सहभागी हुनुहुन्थ्यो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










