धादिङ, मंसिर २६ : कांग्रेस धादिङले २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फ तथा २०८२ माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि ३५ जना उम्मेदवारको नाम प्रदेश समितिमा सिफारिस गरेको छ।
कांग्रेस धादिङले संघीय निर्वाचन क्षेत्र नं. १ र २ का सिफारिसका आधारमा आज प्रदेश समितिमा नाम सिफारिस गरेको हो।
पार्टीले बनाएको मापदण्डअनुसार एक संघीय निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ १ महिला सहित ३, समानुपातिकतर्फ १ महिला सहित २ र राष्ट्रिय सभातर्फ ३ जनासम्म सिफारिस गर्नुपर्नेमा धादिङ क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फ १०, समानुपातिकतर्फ ४ र राष्ट्रिय सभातर्फ ४ जनाको सिफारिस भएको छ।
यता निर्वाचन क्षेत्र नं. २ बाट प्रत्यक्षतर्फ ११, समानुपातिकतर्फ ७ र राष्ट्रिय सभातर्फ १ जनाको नाम सिफारिस गरिएको छ।
तोकिएको समयभन्दा ३ दिन ढिलो गरी पुरानै मितिमा नामावली सार्वजनिक गरेको धादिङ कांग्रेसले मापदण्डअनुसार १६ जनाको नाम सिफारिस गर्नुपर्नेमा आकांक्षी धेरै भएपछि प्रत्यक्षतर्फ २१, समानुपातिकतर्फ १२ र मापदण्ड अनुसार ६ जनासम्म सिफारिस गर्न मिल्ने राष्ट्रिय सभातर्फ २ वटै निर्वाचन क्षेत्रबाट जम्मा ३ जनाको नाम सिफारिस गरेको छ।
सिफारिस भएकामध्ये प्रत्यक्षतर्फ क्षेत्र नं. १ बाट ३९ वर्षीय राधाकृष्ण भण्डारी र क्षेत्र नं. २ बाट २८ वर्षीय अश्विन दुवाडीको नाम समावेश गरिएको छ।

सिफारिस भएका नाम यसप्रकार छन् :
निर्वाचन क्षेत्र नं. १ [प्रत्यक्षतर्फ]
अर्जुनप्रसाद उप्रेती
कविन शाक्य
कृष्ण रिजाल
खिल गिरी
बद्रीप्रसाद अर्याल
विकास अधिकारी
विश्वप्रसाद अर्याल
मनोजकुमार श्रेष्ठ
रवि सुदन थापा
राधाकृष्ण भण्डारी
समानुपातिक तर्फ
उर्मिला थपलिया
कविता इटनी
भक्तकृष्ण सापकोटा
ज्ञानेन्द्र सिलवाल
राष्ट्रिय सभातर्फ
माधवराज पाण्डे
हरि अधिकारी
निर्वाचन क्षेत्र नं. २ [प्रत्यक्षतर्फ]
रमेशप्रसाद धमला
वासुदेव तिमल्सिना
तिलकप्रसाद रुवाली
गोपाल विश्वकर्मा
दिनेशबहादुर गुरुङ
ईश्वर अधिकारी
डा. अमितसिंह कार्की
चन्द्रबहादुर थापा
अश्विन दुवाडी
देवीकुमारी बुर्लाकोटी
कल्पना अधिकारी
समानुपातिक तर्फ
दिलमान पाख्रिन
चीजकुमार श्रेष्ठ
अर्जुनबहादुर थापा
सेतेमान तामाङ
बालकृष्ण नेपाली
शान्ताकुमारी तामाङ
भगवती उप्रेती
रीता थापा मगर
राष्ट्रिय सभा
दिलमान पाख्रिन
– पोषनाथ अधिकारी
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












