12/12/2025, 18:02:44
शुक्रबार, मङि्सर २६, २०८२

नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ


काठमाडौँ, मङ्सिर २६ : प्रहरीले चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–८ का २४ वर्षीय सजोल रावतबेथानचोक गाउँपालिका–३ धुनिखर्कका २५ वर्षीय सरोज तिमल्सिनालाई दुई ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो ।

त्यस्तै, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै र आठ लाख रुपियाँ ठगेको अभियोगमो चितवनको माडी नगरपालिकाका ५० वर्षीय ज्ञानराज सुवेदी पक्राउ पर्नुभएको छ ।

काठमाडौँ महानगरपालिका–९ गौशाला रून्चेडाँडास्थित ओमसहारा गेष्ट हाउसमा रामेछापको दोरम्बा गाउँपालिका–२ का अन्दाजी ३५ वर्षीय फुर्वा तामाङ आज मृत फेला परेका छन् ।