12/12/2025, 18:10:00
शुक्रबार, मङि्सर २६, २०८२

बर्दी लगाएर टिकटक र रिल्स बनाउने २१२ सशस्त्र प्रहरी कारबाहीमा


काठमाडौँ, मङ्सिर २६ : सशस्त्र प्रहरी बलको पोसाक लगाएर मनोरञ्जनात्मक टिकटक  र रिल्स  बनाएको आरोपमा २१२ जना सशस्त्र प्रहरी कर्मचारी  कारबाहीमा परेका छन् ।

सशस्त्र प्रहरी बलको प्रधान कार्यालयले विभिन्न सामाजिक सञ्जालमा पोसाक प्रयोग गरेर भिडियो बनाई आचारसंहिता विपरीत काम गरेकाले कारबाही गरेको प्रवक्ता मनिष थापाले बताए । उनीहरूलाई नसिहत, बढुवा रोक्का, चेतावनी, सचेत, ध्यानाकर्षण र मौखिक सम्झाइबुझाई गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीले आफ्ना कर्मचारीको सामाजिक सञ्जालका गतिविधिलाई अनुगमन गर्न प्रधान कार्यालयमा सामाजिक सञ्जाल अनुगमन शाखा स्थापना गरेको छ । त्यस क्रममा स्क्रीनिङमा परेकाहरुलाई कारबाही गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।