12/12/2025, 18:35:06
शुक्रबार, मङि्सर २६, २०८२

नेपाली सेनामा ३ सय ८८ जनालाई खुल्यो रोजगारी


काठमाडौँ, मङ्सिर २६ : नेपाली सेनामा ३ सय ८८ जनाको लागि रोजगारी खुलेको छ । नेपाली सेनाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै रोजगारी खुलेको बताएको हो । सेनामा रिक्त रहेका प्राविधिक/हवाई/विविध सेवा तर्फका पदिक तथा बिल्लादार पदहरू खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नको लागि दरखास्त आह्वान गरिएको छ ।

खुल्लातर्फ २ सय ५, महिला ३१, आदिवासी जनजाती ५३, मधेसी ४४, दलित २८ र पिछडिएको क्षेत्रका ७ जना माग गरिएको छ । मंसिर २६ गतेदेखि पुस २६ गतेसम्म र दोब्बर दस्तुर बुझाई मिति पुस २७ गतेदेखि माघ ३ गतेसम्म आवेदन दिनुपर्ने सेनाले जनाएको छ ।

प्रा.सुको ४ हजार, प्रा.जम. र लेखाको ३ हजार, पण्डित सुद्धा बै ट्रेडका प्रा.अम. र अमल्दार कर्मचारीको २ हजार दशतुर शुल्क रहेको छ । मंसिर २६ गतेसम्म १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको (जन्म मिति २०५७/०९/२६ गते देखि मिति २०६४/०९/२६ गतेसम्म) हुनुपर्ने पर्ने सेनाले जनाएको छ ।