11/28/2025, 19:25:06
शुक्रबार, मङि्सर १२, २०८२

बिहेको प्रलोभन देखाएर बालिकामाथि यौन शोषणा


कल्याणपुर (सप्तरी), मङ्सिर १२ गते। सप्तरीमा बिहेको प्रलोभन देखाएर यौन शोषण गरेको सार्वजनिक भएको छ। हनुमाननगर कंकालिनी नगरपालिका– १४ का २२ वर्षीय परमेश्वर कुमार मुखियाले १५ वर्षीया बालिकालाई बिहेको प्रलोभन देखाएर यौन शोषण गरेको खुलेको हो।

झापाको विर्तामोडमा सडक मर्मत कार्यको रेखदेख गर्दै आएका परमेश्वरले पहिलेदेखि आफूलाई प्रेम गर्दै आएको र मंसिर ६ गते शनिबार बिहे गर्ने भनेर विर्तामोड बोलाएर दुई दिनसम्म शारीरक सम्बन्ध राखेको पीडित बालिकाले बताएकी छन्।

तिमीसँग बिहे गर्छु भन्दै विर्तामोड बोलाएर शारीरीक सम्पर्क राखेर बिहेका लागि जन्मदर्ता ल्याउनुपर्छ भन्दै मलाई भारदहल्याएर छोडिदियो’, पीडित बालिकाले प्रहरीसँग भनेकी छन्।

दुईदिन पछि घर आएकी नाबालिककासँग बुवा आमाले साुधपुछ गरेपछि घट्ना बाहिरिएको हो। नाबालिकका बाबु आमाले यसबारे परमेश्वरका बावु आमासँग बिहेबारे कुरा गरे पनि छोरीसँग बिहे गर्ने कुरा अस्वीकार गर्दा छोरीको बिचल्ली भएको पीडित परिवारका बुवाले बताएका छन्।

परमेश्वरले मोबाइलको स्वीच अफ राखेको र बुवा आमा पनि बिहे गर्न नमान्दा प्रहरी समक्ष उजुरी दिएको पीडितका बुवाले बताउनुभयो।

जिल्ला प्रहरी कार्यालय सप्तरीमा घट्नाबारे जाहेरी आएको र त्यसलाई आवश्यक कारवाही प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय हनुमाननगर पठाइएको प्रहरी नायव उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो।

– विनय कर्ण