तनहुँ, मङ्सिर १२ गते । जिल्लाको व्यास नगरपालिका–११ स्थित गैह्राबारीमा रु एक करोड ९१ लाख ३२ हजार ७२२ को लागतमा चिस्यान केन्द्र निर्माण गरिएको छ ।
केन्द्र सफल परीक्षणपछि सञ्चालनमा आएको छ । तीन रोपनी क्षेत्रफलमा १३० मेट्रिक टन क्षमताको केन्द्र गण्डकी प्रदेश सरकार र व्यास नगरपालिकाको संयुक्त लगानीमा निर्माण भएको हो ।
किसानका उत्पादन नि:शुल्क भण्डारण गरिने तथा जोखिम नगरपालिकाले बेहोर्ने जनाइएको छ । नगरपालिकामा चिस्यान केन्द्र निर्माण भएपछि जिल्लाका किसानको वार्षिक रु पाँच करोड बचत भएको व्यास नगरका प्रमुख वैकुण्ठ न्यौपानेले बताए ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


















