11/27/2025, 15:09:01
बिहिबार, मङि्सर ११, २०८२

श्रीलङ्कामा भारी वर्षा र पहिरोका कारण ३१ जनाको मृत्यु


कोलम्बो, मङ्सिर ११ गते । श्रीलङ्कामा आएको भारी वर्षा र पहिरोका कारण ३१ जनाको मृत्यु हुनुका साथै १४ बेपत्ता जना भएको विपद व्यवस्थापन केन्द्र (डिएमसी)ले बिहीबार जनाएको छ । केन्द्रका अनुसार बाढीबाट हजारौ मानिस विस्थापित भएका छन् ।

डिएमसी केन्द्रको पछिल्लो प्रतिवेदनअनुसार, चरम मौसमी प्रकोपले १७ वटा जिल्लामा असर गरेको छ भने एक हजार १५८ परिवारका करिव चार हजार व्यक्ति प्रभावित भएका छन् । डिएमसीले १० जना घाइते भएको, तीन वटा घर पूर्णरूपमा ध्वस्त भएको र ३८१ वटा घर आंशिकरूपमा क्षतिग्रस्त भएको जनाउदै कम्तिमा १३१ जनालाई अस्थायी सुरक्षित केन्द्रमा सारिएको उल्लेख गरेको छ ।

डिएमसीका अनुसार बाढीका कारण पुर्ण प्रभावित बदुल्ला जिल्लामा सबै भन्दा बढी १८ जनाको मृत्यु भएको छ भने केगालेमा ७ र नुवारा एलियामा ४ जनाको मृत्यु भएको छ । यसै गरी हम्बनटोटा र कुरुनेगलामा एक-एक जनाको मृत्यु भएको छ । निरन्तरको वर्षाले मध्य र पाहाडी क्षेत्रमा थप बाढी र पहिरो निम्त्याई सडक बन्द हुन सक्ने चेतावनी अधिकारीले दिएका छन् ।

मौसमी अवस्था बिग्रँदै जाँदा परीक्षा विभागले बिहीबार, शुक्रबार र शनिबारका लागि निर्धारित विश्वविद्यालयका परीक्षा स्थगित गर्ने घोषणा गरेको छ । भारी वर्षाले गर्दा थुप्रै जिल्लामा यातायात अवरुद्ध भएको छ भने प्रमुख सडक बन्द छन् । आपतकालीन टोलीले उच्च जोखिममा रहेका क्षेत्रमा खोजी र उद्धार कार्य जारी राखेका छन् भने सरकारले जनतालाई पहिरो र बढ्दो जलस्तरप्रति सतर्क रहन आग्रह गरेको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..