09/24/2025, 22:29:27
बुधबार, असोज ०८, २०८२

१३ सयले बढ्यो सुनको मूल्य


काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार तीन सय रुपैयाँले बढेर प्रतितोला २ लाख २३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार भने सुनको मूल्य २ लाख २१ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढेर २ हजार सात सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । मंगलबार चाँदी तोलाको २ हजार ६ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..