09/01/2025, 12:24:18
सोमबार, भदौ १६, २०८२
एन आइसी एसिया साथी घर कर्जा

एनआइसी एसियाको ‘साथी घर कर्जा’ योजना सार्वजनिक


काठमाडौँ, भदौ १६ : एनआइसी एसिया बैङ्कले तीन करोडसम्म रुपियाँसम्मको घर कर्जा प्रदान गर्ने उद्देश्यले ‘एन आइसी एसिया साथी घर कर्जा’ योजना सार्वजनिक गरेको छ । ‘सपना तपाईंको, साथ हाम्रो’ भन्ने नारासाथ बैङ्कले सार्वजनिक गरेको यस घर कर्जा आकर्षक ब्याजदर एवं अन्य आकर्षक सेवासहित उपलब्ध हुने बैङ्कले जनाएको छ ।

न्यूनतम ५० लाखदेखि अधिकतम तीन करोड रुपियाँसम्म प्रदान गरिने यस एनआइसी एसिया साथी घर कर्जा अन्तर्गत घर तथा अपार्टमेन्ट खरिद गर्न, घर निर्माण तथा पुनर्निर्माण गर्न र घडेरी खरिद गर्नका लागि कर्जा उपलब्ध हुने छ ।