काठमाडौँ, पुस १८ गते । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपियाँ ६५ पैसा र बिक्रीदर १४४ रुपियाँ २५ पैसा निर्धारण गरिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपियाँ ७३ पैसा र बिक्रीदर १६९ रुपियाँ ४४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपियाँ ५५ पैसा र बिक्रीदर १९४ रुपियाँ ३६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रुपियाँ २६ पैसा र बिक्रीदर १८२ रुपियाँ ०२ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ९५ रुपियाँ ८५ पैसा र बिक्रीदर ९६ रुपियाँ २५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपियाँ ६७ पैसा र बिक्रीदर १०५ रुपियाँ १० पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपियाँ ७० पैसा र बिक्रीदर ११२ रुपियाँ १७ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ १७ पैसा र बिक्रीदर नौ रुपियाँ २१ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपियाँ ५४ पैसा र बिक्रीदर २० रुपियाँ ६३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपियाँ ३० पैसा र बिक्रीदर ३८ रुपियाँ ४६ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपियाँ ३० पैसा र बिक्रीदर ३९ रुपियाँ ४७ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ५६ पैसा र बिक्रीदर चार रुपियाँ ५८ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपियाँ ११ पैसा र बिक्रीदर ३९ रुपियाँ २८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपियाँ ४३ पैसा र बिक्रीदर ३५ रुपियाँ ५७ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपियाँ ९७ पैसा र बिक्रीदर १० रुपियाँ ०१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ५९ पैसा र बिक्रीदर १५ रुपियाँ ६६ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ५९ पैसा र बिक्रीदर २२ रुपियाँ ६८ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ४६ पैसा र बिक्रीदर १८ रुपियाँ ५३ पैसा, कुवेती दिनार एकको खरिददर ४६६ रुपियाँ ६१ पैसा र बिक्रीदर ४६८ रुपियाँ ५६ पैसा, बहराइन दिनार एकको खरिददर ३८१ रुपियाँ ०६ पैसा र बिक्रीदर ३८२ रुपियाँ ६६ पैसा, ओमनी रियाल एकको खरिददर ३७३ रुपियाँ ६० पैसा र बिक्रीदर ३७५ रुपियाँ १६ पैसा रहेको छ । यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!









