07/03/2025, 17:49:55

तुलसीपुरमा दुई पक्की पुल निर्माण


दाङ, १९ असार : तुलसीपुर उपमहानगरपालिका–१ भएर बग्ने भमके खोला र शान्तिनगर गाउँपालिका–३ को बौलाह खोलामा रु चार करोड २५ लाख २७ हजारको लागतमा दुई वटा पुल निर्माण भएका छन् ।

शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतका अनुसार निर्माण कम्पनीले स्थानीय सरकारलाई हस्तान्तरण गरेसँगै दुवै पुल सञ्चालनमा आएका छन् ।

शान्तिनगर गाउँपालिका–३ बाट बग्ने पातेटाकुरा खोलामा निर्माणाधीन पुलको काम यथाशीघ्र पूरा गर्न निर्माण कम्पनीलाई अनुरोध गर्दै पालिकाले निरन्तर अनुगमन गरिरहेको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ