06/18/2025, 12:16:05

क्लब वर्ल्डकप : उरवामाथि रिभल प्लेटको सजिलो जित


काठमाडौँ, ४ असार : रिभर प्लेटले उरवा रेड डाइमन्ड्सको बलियो चुनौती तोड्दै क्लब वर्ल्डकपमा मंगलबार ३–१ को विजयी सुरुआत लिएको छ र यससँगै अर्जेन्टिनी टिमले तीन अंक बटुलेको छ । उसका लागि फकुन्डो कोलिडोओ, सबास्टिन ड्रिसी र म्याक्सिमिलिनो मेजाले एक एक गोल गरे ।

समूह ‘ई’ को खेलमा जापानी टिमका लागि एक मात्र गोल यसुके मातासुओले पेनाल्टीबाट गरे । समूह ‘एफ’ मा भने मामेलोडी सनडाउन्सले उल्सन हुन्डालाई १–० ले हरायो र त्यसमा निर्णायक गोल इकराम रायनर्सको रह्यो ।

यो जितसँगै तीन अंकमा मामेलोडी समूहको शीर्ष स्थानमा रहन सफल रह्यो । यसै समूहको अर्को खेलमा बोरुसिया डर्टमन्डलाई फ्लुमिनेजले गोलरहित बराबरीमा रोक्यो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ