बुधबार, फागुन २८, २०८१

सेयर बजार ३२.२१ अंक घटे, नेप्से २७१९ अंकमा, ८ अर्ब ३९ करोडको कारोबार


२७ फागुन, काठमाडौं । मंगलबार सेयर बजार २७१९ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ३२.२१ अंक घटेको हो । यो सहित लगातार सातौं दिन बजार घटेको छ । कारोबार रकम सामान्य बढेको छ । अघिल्लो दिन ८ अर्ब ३७ करोडको कारोबार भएकोमा आज ८ अर्ब ३९ करोडको भयो ।

३२ कम्पनीको मूल्य बढ्दा २०९ को घट्यो भने ३ को स्थिर रह्यो । यस दिन विकास बैंक सेक्टरमा आकर्षण देखिएको छ । सबै सेक्टर घट्दा सो सेक्टर १.९३ प्रतिशत बढ्यो । बैंकिङ ०.७१, फाइनान्स १.५७, होटल तथा पर्यटन १.१३, हाइड्रोपावर १.५१, लगानी १.८९, जीवन बीमा १.३०, उत्पादन २.४९, माइक्रोफाइनान्स ०.८९, निर्जीवन बीमा ०.९९, अन्य १.६८ र व्यापार १.७९ प्रतिशत घटे ।

महालक्ष्मी विकास बैंकको मूल्य १० प्रतिशत बढ्यो । विन नेपाल लघुवित्तको ८.८, ज्योति विकास बैंकको ३.३५ तथा सप्तकोशी विकास बैंकको् ३.११ प्रतिशत मूल्य बढ्यो । नेस्डो समृद्धि लघुवित्तको ६.६९, उन्नति सहकार्य लघुवित्तको ५.३६, हिमालयन पावर पार्टनरको ४.७२ तथा राप्ती हाइड्रोको ४.६८ प्रतिशत मूल्य घट्यो । धेरै कारोबार भएका कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा, महालक्ष्मी विकास बैंक, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र एनआरएन इन्फ्रास्ट्रक्चर क्रमशः अगाडि रहे ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ