भारदह(सप्तरी), पुस ३ : १८ वर्ष मुनिका किशोर-किशोरी बाल-बालिका अभिभावकको अनुमति बिना होटल बस्न नपाइने भएको छ ।
राजविराजमा सञ्चालनमा रहेको होटल, लज तथा गेस्ट हाउस सञ्चालकहरूसँग बुधबार जिल्ला प्रहरी कार्यलयमा आयोजना गरेको छलफल तथा अन्तरक्रिया कार्यक्रममा होटल एशोसिएसन नेपालको आचारसंहिता अनिवार्य पालना गर्ने गरि समसामयिक विषयमा छलफल गरिए अनुसार १८ वर्ष मुनिका बालबालिका अभिभावकको अनुमति लिएर मात्र होटलमा बस्ने पाइने भएको छ ।
होटलमा बस्न आउँदा सेवाग्राहीहरूको परिचय खुल्ने कागजात, मोबाइल नम्बर, अनिवार्य अभिलेख पुस्तिकामा राख्ने र मेन गेट रिसेप्सन लगायत स्थानमा सिसिटिभी अनिवार्य जडान गर्ने भएको छ ।

कुनै पनि कार्यक्रमको आयोजना हुँदा १० बजे पछि ठुलो स्वरमा डिजे नजाउन छलफलबाट निर्णय गरेको जिल्ला प्रहरी कार्यनलयको प्रहरी प्रवक्ता डिएसपी डम्बरबहादुर पुरीले जानकारी दिनुभयो ।
प्रवक्ता पुरीको अध्यक्षतामा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियोे ।
– सुधा देव
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











