काठमाडौँ, पुस ३ : नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चुनावलाई सफल बनाउन सरकार लागि परेको भन्दै यसलाई महोत्सव बनाउनुपर्ने बताउनुभएको छ ।
बिहीबार गोरखापत्र संस्थानको ‘गोरखापत्र डिस्कोर्स’ उद्घाटन समारोहलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘‘चुनावलाई सफल बनाउने वातावरणका लागि सरकार काम गरिराखेको छ । मुलुक निर्वाचनमा प्रवेश गरिसकेको छ । निर्वाचन त उत्सव होइन, अब महोत्सव बन्दैछ ।’’
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको यो सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासन र चुनाव रहेको सम्झना गर्नुहुँदै मन्त्री खरेलले तीनवटै ‘मेन्डेट’ पूरा गर्न सरकार सक्रिय भएको बताउनुभयो । उहाँले तीन महिनामा ३० वटा बढी भ्रष्टाचारका मुद्दा अदाललतमा पुगेको जानकारी दिनुहुँदै विगतका दिनमा प्रभाव र दबाबमा मुद्दा अगाडि नबढ्ने अवस्थाको अन्त्य एको प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘‘हामीले भ्रष्टाचार नियन्त्रणका निकायलाई स्वतन्त्र रुपमा अगाडि बढ्न सहयोग गरेका छौँ ।’’
गोरखापत्र डिस्कोर्सबाट प्राप्त निष्कर्षलाई सरकार र सम्बन्धित निकायले ग्रहण गर्ने प्रतिबद्धतासमेत सञ्चारमन्त्री खरेलले गर्नुभएको छ । ‘यो डिस्कोर्सको निष्कर्षलाई सरकार र सम्बन्धित निकायले ग्रहण गर्नेछ’, उहाँले भन्नुभयो ।
यो गोरखापत्रको डिस्कोर्सले नेपाल बनाउने सन्दर्भमा मिडियाको भूमिका कुन हदसम्म हुन्छ भन्ने प्रभाणि गरेको उहाको भनाइ छ। ‘मिडियाले सूचना र शिक्षा सम्प्रेषण मात्र गर्ने होइन मिडियाले डिस्कोर्स तयार गर्छ । विकासका लागि तालिम दिन्छ, मिडिया मिडियाको भूमिकामा मात्र नरहेर मुलु्क बनाउने भूमिका हुन्छ भन्ने मानक गोरखापत्र संस्थानले स्थापना गरेको छ’,उहाँले भन्नुभयो ।

आफूले मन्त्रालयको जिम्मेवारी लिएको भोलिपल्ट नै राज्यबाट सञ्चालित सञ्चार माध्यमलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्नुै निर्णय लिएको र त्यसलाई गोरखापत्रले सुरुमै कार्यान्वयन गरेकोप्रति उहाँले खुशी व्यक्त गर्नुभयो ।
‘सामाजिक सुरक्षा कोषमा आवद्धता सुरु गर्ने राज्यबाट सञ्चालित मिडियामा पहिलो बनेकोमा गोरखापत्र संस्थानलाई धन्यवाद दिन चाहन्छु’, उहाँले भन्नुभयो । उहाँले कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै वर्षौदेखि अड्किएको कर्मचारी संगठन तथा संरक्षण प्रतिवेदन (ओएनएम) पारित गरेकोसमेत जानकारी गराउनुभयो ।
उहाँले गोरखापत्र अब नेपाली आमसञ्चार माध्यममा अझ बढी व्यावसायिक, अझ बढी प्रतिस्पर्धी र अझ बढी युग सुहाउँदो हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘गोरखापत्रले अब डिजिटल हाइवेमा रफ्तारमा अगाडि बढ्नुपर्ने छ । अब सबै आउटलेटलाई डिजिटल हाइवेमा अगाडि बढ्नुपर्नेछ । अब मोबाइल र डिजिटल प्लेटफममा देखिनुपर्नेछ ।’
यो डिस्कोर्सले मन्त्रालयलाई आनन्दको अनुभूति गराएको उहाँले बताउनुभयो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!









