02/12/2026, 08:17:01
बिहिबार, माघ २९, २०८२

भृकुटीमण्डपमा शपथको तयारी, ओली आइपुगे


काठमाडौँ, पुस ३ गते । नेकपा एमालेको अध्यक्षमा ह्याट्रिक जित निकालेका केपी शर्मा ओली प्रमाणपत्र बुझ्न महाधिवेशनस्थल भृकुटीमण्डप पुगेका छन् । केहीबेरमा शपथ समारोह सुरु हुँदै छ ।

ईश्वर पोखरेललाई पराजित गर्दै ओली ११ औँ महाधिवेशनबाट एमाले अध्यक्षमा तेहरिएका हुन् । एमालेका १९ पदाधिकारीमध्ये १७ जना ओलीपक्षबाट विजयी भएका छन् ।

उपाध्यक्ष गोकर्ण विष्ट र उपमहासचिव योगेश भट्टराईले मात्रै इतर समूहबाट बाजी मारे ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..