काठमाडौँ, ३ पुस : एमालेको ११औं महाधिवेशनबाट केपी शर्मा ओली तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन् । ओली १ हजार ९९ मतले विजयी भएका हुन् । उनले १ हजार ६ सय ६३ मत ल्याए भने उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गरे ।
पूर्वमहासचिवसमेत रहेका पोखरेल अध्यक्षमा पहिलो पटक प्रतिस्पर्धामा उत्रिएका हुन् । यसअघि ओली काठमाडौंमा २०७१ मा सम्पन्न नवौँ महाधिवेशनमा पहिलोपल्ट अध्यक्षमा निर्वाचित भएका थिए । त्यसपछि २०७८ मा सौराहा महाधिवेशनबाट उनी दोस्रो पटक अध्यक्ष चुनिए । २०६५ मा बुटवलमा आयोजित आठौं महाधिवेशनमा भने ओली झलनाथ खनालसँग पराजित भएका थिए ।
निर्वाचनमा २ हजार २ सय २७ मत खसेको थियो । ११औं महाधिवेशन केन्द्रीय निर्वाचन आयोगका अनुसार ३६ जना महाधिवेशन प्रतिनिधि मतदानमा अनुपस्थित भएका थिए ।
पदाधिकारीको अधिकांश पदमा ओली पक्षका उम्मेदवार विजयी भएका छन् ।
१९ पदाधिकारीमा प्रतिस्पर्धीको मत
अध्यक्ष (१)
केपी शर्मा ओली : १६६३ (विजयी)
ईश्वर पोखरेल : ५६४ (पराजित)
उपाध्यक्ष (५)
पृथ्वीसुब्बा गुरुङ : १७३७ (विजयी)
विष्णुप्रसाद पौडेल : १६७५ (विजयी)
रामबहादुर थापा बादल : १५१६ (विजयी)
गोकर्णराज विष्ट : १३६८ (विजयी)
रघुजी पन्त : १२५८(विजयी)
गुरुप्रसाद बराल : ११३७ (पराजित)
बिन्दा पाण्डे : ९२१ (पराजित)
परशुराममेघी गुरुङ : ४६१ (पराजित)
अरुण नेपाल : ४३९ (पराजित)
टकंप्रसाद कार्की : ३५८ (पराजित)
भीमप्रसाद आचार्य : २६५ (पराजित)
महासचिव (१)
शंकर पोखरेल : १२२८ (विजयी)
सुरेन्द्रप्रसाद पाण्डे : ९९९ (पराजित)
उपमहासचिव (३)
लेखराज भट्ट : १४५२ (विजयी)
रघुवीर महासेठ : १३६८ (विजयी)
योगेस भट्टराई : १३४८ (विजयी)
विष्णुप्रसाद रिमाल : १०९१ (पराजित)
आनन्दप्रसाद पोख्रेल : ६३५ (पराजित)
वैजनाथ चौधरी : ५१७ (पराजित)
राजेन्द्रप्रसाद गौतम : २७० (पराजित)
सचिव (९)
महेश बस्नेत : १५४४ (विजयी)
पद्माकुमारी अर्याल : १५३० (विजयी)
छविलाल विश्वकर्मा : १५०६ (विजयी)
शेरधन राई : १५०३ (विजयी)
हिक्मतकुमार कार्की : १३३७ (विजयी)
खगराज अधिकारी : १२३१ (विजयी)
यमलाल कँडेल : ११८५ (विजयी)
राजन भट्टराई : ११८१ (विजयी)
भानुभक्त ढकाल : ११०८ (विजयी)
गोकुलप्रसाद बासकोटा : १०३० (पराजित)
ठाकुरप्रसाद गैरे : ८८३ (पराजित)
रचना खड्का : ८७७ (पराजित)
कर्णबहादुर थापा : ८४७ (पराजित)
अग्निप्रसाद खरेल : ७१६ (पराजित)
विनोदप्रसाद ढकाल : ६८४ (पराजित)
कृष्णगोपाल श्रेष्ठ : ६२५ (पराजित)
लालबाबु पण्डित : ४९६ (पराजित)
पेम्बा लामा : ४९३ (पराजित)
पुरुषोत्तम पौडेल : ४६२ (पराजित)
इन्द्रलाल सापकोटा : ४०५ (पराजित)
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











