काठमाडौँ, पुस ३ गते । सुदूरपश्चिम प्रदेश सरकारले शुक्रबार सार्वजनिक बिदा दिने भएको छ । भुवा पर्वको अवसर पारेर प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । उक्त निर्णय प्रदेश राजपत्रमा प्रकाशन भइसकेको छ ।
विशेष गरेर बाजुरा र बझाङमा मनाइने भुवा पर्व त्यहाँबाट बसाइँ सरेर तराई झरेकाले कैलाली र कञ्चनपुरमा पनि मनाउँदै आएका छन् ।
बाजुरेली सेवा समाज कैलालीले हरेक वर्ष आयोजना गर्दै आएको भुवा पर्व महोत्सव पनि शुक्रबारदेखि सुरु हुँदै छ । तीन दिनसम्म सञ्चालन हुने भुवा पर्व महोत्सवमा प्रतिस्पर्धात्मक भुवा चाली प्रतियोगिता पनि सञ्चालन गरिने समाजका अध्यक्ष भरतबहादुर केसीले जानकारी गराए ।
प्रतियोगितात्मक रूपमा सञ्चालन हुने उक्त उत्सवमा कम्तीमा सातवटा समूह चाली प्रतियोगितामा सहभागी हुने समाजका सहसचिव गगन ऐडीले बताए । उनका अनुसार प्रथम हुने समूहलाई ५० हजार पुरस्कार राखिएको छ । पौराणिककालमा कौरवमाथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनामा यो पर्व मनाइन्छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


















