02/13/2026, 09:01:06
शुक्रबार, फागुन ०१, २०८२

एमाले महाधिवेशन मतगणना : अध्यक्षमा ओलीको सुरुवाती अग्रता


काठमाडौँ, पुस ३ : एमालेको जारी ११औं महाधिवेशनमा मतगणनाको प्रारम्भिक नतिजा आउन थालेको छ ।

भरखरै अपडेट गरिएको गणनाअनुसार अध्यक्षमा केपी शर्मा ओलीले १५६ मत ल्याएका छन् भने अर्का प्रत्यासी ईश्वर पोखरेलले ६६ मत प्राप्त गरेका छन् ।

बिहानदेखि नयाँ नेतृत्व चयनका लागि भएको मतदानको गणना सुरु भएको छ । निर्वाचनमा प्रयोग भएका ८० वटा विद्युतीय मेसिनबाट चिप्स निकालेपछि मतगणना सुरु भएको हो । मतगणनामा दुवै पक्षका उम्मेदवारका प्रतिनिधि, केन्द्रीय निर्वाचन आयोगका सदस्यहरूको उपस्थिति छ ।