02/12/2026, 13:16:08
बिहिबार, माघ २९, २०८२

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु


बिर्तामोड,पुस ३ गते। झापामा जङ्गली हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । बिहीबार बिहान ६ः३० जङ्गली हात्तीको आक्रमणबाट झापाको मेचीनगर नगरपालिका वडा नं ४ बाहुण्डाँगीमा एकजनाको मृत्यु भएको हो  ।

बाहुण्डाँगीस्थित खड्का डाँडामा तत्काल नाम थर वतन नखुलेका भारतीय नागरिक जस्तो देखिने अन्दाजी ५०/५५ वर्षका पुरुषको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

नेपालबाट भारततर्फ जाँदै गरेको हात्तीसंँग जम्काभेट भएपछि हात्तीले आक्रमणमा गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक बाहुण्डाँगी क्षेत्रमा मागी खाई हिँड्ने खुलेपनि उहाँको पहिचान खुलिनसकेको र भारततर्फ पनि जानकारी गराइएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी राजन लामाले बताउनुभयो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..