02/28/2026, 14:00:31
शनिबार, फागुन १६, २०८२

आज पनि सुनचाँदीको मूल्य बढ्यो


काठमाडौँ, पुस ३ गते ।  नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा सात सय रुपैयाँले बढेर प्रतितोला २ लाख ६० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुनको मूल्य प्रतितोला २ लाख ५९ हजार सात सय  रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी २५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार भने ४ हजार ५५ रुपैयाँमा कायम भएको थियो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..