ललितपुर, पुस ३ : फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि नेपाली कांग्रेसका पदाधिकारी र प्रभावशाली नेता साबिककै निर्वाचन क्षेत्रबाट सिफारिस हुनुभएको छ । कांग्रेसका क्षेत्रीय र जिल्ला कार्यसमितिबाट पार्टी पदाधिकारीलाई प्राथमिकतामा राखेर नयाँ पुस्तालाई पनि समेटेर उम्मेदवार सिफारिस गरिएको हो ।
सभापति शेरबहादुर देउवा डडेलधुरा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का सुर्खेत क्षेत्र नं. १ र उपसभापति धनराज गुरुङ स्याङ्जा १ र २ बाट उम्मेदवार सिफारिस हुनुभएको छ । महामन्त्री गगनकुमार थापा काठमाडौँ क्षेत्र नं. ४, सर्लाही ४, तेह्रथुम र धनकुटा तथा महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नं. १ बाट उम्मेदवार सिफारिस हुनुभएको छ ।
सहमहामन्त्री फरमुल्लाह मन्सुर बारा क्षेत्र नं. ३, उमाकान्त चौधरी बारा क्षेत्र नं. १, महालक्ष्मी उपाध्याय ‘डिना’, मकवानपुर क्षेत्र नं. १, भीष्मराज आङ्दम्बे पाँचथर, जीवन परियार, कास्की क्षेत्र नं. १, महेन्द्र यादव धनुषा क्षेत्र नं. ४ र किशोरसिंह राठौर बाँके क्षेत्र नं. ३ र बर्दिया क्षेत्र नं. २ बाट उम्मेदवार सिफारिस हुनुभएको छ । सहमहामन्त्री बदीप्रसाद पाण्डेले यसअघि बाजुराबाट निर्वाचित भए पनि यस पटक नउठ्ने घोषणा गर्नुभएको छ ।
कोषाध्यक्ष उमेश श्रेष्ठ चितवन क्षेत्र नं. २ र ३, प्रवक्ता डा. प्रकाशशरण महत काठमाडौँ क्षेत्र नं. ५ र नुवाकोट क्षेत्र नं. १ बाट, केन्द्रीय सदस्य डा. शेखर कोइराला मोरङ क्षेत्र नं. ६, गोपालमान श्रेष्ठ स्याङ्जा क्षेत्र नं. २, प्रकाशमान सिंह काठमाडौँ क्षेत्र नं. १, विमलेन्द्र निधि धनुषा क्षेत्र नं. ३, डा. शशाङ्क कोइराला नवलपुर क्षेत्र नं. १ र डा. आरजु राणा कैलाली क्षेत्र नं. ५ र बर्दिया क्षेत्र नं. २ बाट सिफारिस हुनुभएको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले १६५ निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस गरेर केन्द्रीय कार्यालयमा पठाइएकोमध्ये अधिकांश आइसकेको जानकारी दिनुभयो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!















