सुनसरी, पुस ३ गते । बराहक्षेत्र नगरपालिका-१ कोश पुलबाट स्रोत नखुलेको नगद १५ लाख ३४ हजार रुपैयाँ सहित २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा सहिदभुमी गाउँपालिका-२ बस्ने २० वर्षीय अपित राई र ३१ वर्षीय कविराज राई रहेका छन् ।
अस्थायी प्रहरी पोष्ट चतरा पुलबाट खटिएको प्रहरीले धरानबाट चतरा पुलतर्फ आउँदै गरेको बागमती प्रदेश ०२-०१६ प ५७३३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त नगद फेला पारी चालक कविराज र मोटरसाइकलमा सवार अपितलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










