02/11/2026, 06:24:18
बुधबार, माघ २८, २०८२
चाइना–नेपाल मिडिया समिट

नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ : सञ्चारमन्त्री खरेल


काठमाडौँ, पुस ३ : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल र चीन लामो समयदेखिको असल छिमेकी रहेको उल्लेख गर्दै नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउनुभएको छ ।

आज यहाँ आयोजित चौथो संकरणको ‘चाइना–नेपाल मिडिया समिट’मा सम्बोधन गर्दै मन्त्री खरेलले नेपालको विकास र सद्भावका निम्ति चीन सरकारको निरन्तर सहयोगको सराहना गर्नुभयो । उहाँले चीनले नेपालको विशेषगरी पूर्वाधार विकासमा उल्लेखनीय योगदान पु¥याएको उहाँले उल्लेख गर्नुभयो ।

चीन नेपालको लामो समयदेखिको सहयोगी छिमेकी हो”, सञ्चारमन्त्री खरेलले भन्नुभयो, “खासगरी नेपालको पूर्वाधार विकास, आर्थिक विकास, शिक्षा, स्वास्थ्य, पर्यटन, संस्कृति, सम्पदाको विकास प्रवद्र्धनमा उत्तिकै योगदान छ, यसका लागि चीन सरकार र चिनियाँ जनताप्रति आभार प्रकट गर्दछु ।

नेपालका लागि जनगणतन्त्र चीनका कन्सुलर झु फेङले चीन र नेपालबीचको सम्बन्धको विविध आयामबारे चर्चा गर्नुभएको थियो । दक्षिण एसिया नेटवर्क टेलिभिजन तथा नेपाल चाइना मिडिया फोरमद्वारा आयोजित समिटमा चिनियाँ र नेपाली सञ्चारमाध्यमबिच अन्तरराष्ट्रिय विषयवस्तुमा छलफलमा केन्द्रित थियो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..