काठमाडौँ, १२ फागुन: नेपाल–इटाली वाणिज्य तथा उद्योग सङ्घको ११औँ वार्षिक साधारणसभा आज यहाँ सम्पन्न भएको छ ।
सभाले नेपालमा लगानी प्रवर्द्धन, पर्यटन क्षेत्रको विस्तार र नेपाल तथा इटालीबीचको व्यापारिक सम्बन्ध सुदृढ गर्ने प्रतिबद्धता जनाएको छ । कार्यक्रममा सङ्घका अध्यक्ष सञ्जय अग्रवालले नेपाल–इटालीबीचको राजनीतिक तथा आर्थिक सम्बन्धको यात्रा जुन ३१ अगस्ट १९५९ मा स्थापना भएको उल्लेख गर्दै द्विपक्षीय सहकार्यलाई सन्तुलित र दिगो रूपमा विस्तार गरिने लक्ष्यमा सङ्घको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
उहाँले इटालीले नेपालको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको र विशेष गरी सन् १९९० मा लोकतन्त्रको स्थापनापछि र २०१५ को भूकम्पपछि इटाली सरकारले पु¥याएको सहयोग ऐतिहासिक रहेको स्मरण गर्नुभयो ।
सङ्घका महासचिव मनोज श्रेष्ठ भाडेलले नेपालका सांस्कृतिक, ऐतिहासिक तथा भौतिक सम्पदाको पुनःनिर्माणमा इटालीको दीर्घकालीन सहयोगप्रति आभार व्यक्त गर्नुभयो । नेपालको सम्पदा संरक्षणमा इटालीको योगदान महत्वपूर्ण रहदै आएको भन्दै उहाँले यो सहकार्य दुई देशबीचको मित्रताको स्थायी प्रतीकका रूपमा रहने विश्वास व्यक्त ग्र्नुभयो ।

साधारणसभामा नेपाल–इटाली आर्थिक सम्बन्धमा योगदान पु¥याउने व्यक्तित्व तथा संस्थालाई सम्मान गरिएको थियो । सङ्घका संरक्षक राजेश काजी श्रेष्ठ र मानार्थ वाणिज्यदूत प्रतिभा पाण्डेलाई विशिष्ट सम्मान र अशंक समसेर जबरालाई २०२४ को ‘वर्ष उत्कृष्ट सदस्य’ का रूपमा सम्मान गरिएको थियो ।
कार्यक्रममा विशिष्ट मानार्थ सदस्य राजेश काजी श्रेष्ठ, नेपालका लागि इटालीका मानार्थ वाणिज्यदूत पाण्डे, सङ्घका वरिष्ठ उपाध्यक्ष अरनिको राजभण्डारी, उपाध्यक्ष रूपक राजवन्शी, उपाध्यक्ष मनोजकुमार ज्ञवालीलगायत विभिन्न सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थिति थियो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!















