12/04/2025, 14:49:45
बिहिबार, मङि्सर १८, २०८२

होन्डुरसका पूर्वराष्ट्रपति अमेरिकी जेलबाट रिहा


काठमाडौँ, मङ्सिर १७ गते । होन्डुरसका पूर्वराष्ट्रपति जुआन ओर्लान्डो हर्नान्डेज अमेरिकी जेलबाट रिहा भएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबाट लागुऔषधको आरोपमा माफी पाएपछि उनी सोमबार रिहा भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन्।

हर्नान्डेजलाई मार्च २०२४ मा अमेरिकामा कोकेन आयात गर्ने षड्यन्त्र र मेसिनगन राखेको आरोपमा दोषी ठहराइएको थियो। उनलाई ४५ वर्षको जेल सजाय सुनाइएको थियो।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..