11/23/2025, 14:50:51
आइतबार, मङि्सर ०७, २०८२

भालुको आक्रमणबाट तीन जना घाइते


हुम्ला, मङ्सिर ७ गते । जिल्लाको सिमकोट गाउँपालिका–५ सिमस्थित घाँस काट्ने क्रममा भालुको आक्रमणमा परी तीन जना घाइते भएका छन् । घाइते हुनेमा सिमकोट गाउँपालिका– ५ बस्ने ५९ वर्षका लक्ष्य रावत, उहाँकी श्रीमती वर्ष ५५ की बाचु रावत र ३८ वर्षीया रजनी रावत हुनुहुन्छ ।

आइतबार बिहान ६ः१० बजेको समयमा सिम क्षेत्रमा गएको बेला भालुको आक्रमणमा परि घाइते भएकारूलाई जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले बताउनुभयो ।

लक्ष्य रावतको टाउकोमा, बाँचु रावतको दाइने हात, गालामा र रजनीको छातीमा चिथोरेको पोखरेलले बताउनुभयो । सदरमुकाम सिमकोट नजिकै भालुको आक्रमणमा परेर घाइते भएको  जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । घाइतेकाे हाल जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..