काठमाडौँ । हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि अमेरिका गएका उनकी आमा र बहिनी स्वदेश फर्किएका छन् ।
विपिनको मृत्यु भएको पुष्टि भएपछि उनीहरू खाली हात आज फर्किएका हुन्। उनीहरू कतार एयरवेजबाट बिहान काठमाडौँ आइपुगेका हुन् ।
हमासले बन्धक बनाएका कञ्चनपुरका विपिन जोशीको रिहाइको माग गर्दै आमा पद्मा जोशी र बहिनी पुष्पा साउनमा इजरायलसमेत पुगेका थिए ।