11/19/2025, 07:47:06
बुधबार, मङि्सर ०३, २०८२

मनकामना केबलकार तीन दिन बन्द गरिने


मुग्लिन (चितवन), असोज १५ : मनकामना केबलकार आजदेखि तीन दिन बन्द गरिने भएको छ । केबलकारका व्यवस्थापक उज्ज्वल शेरचनले आजदेखि १७ गतेसम्म केबलकार सेवा बन्द गरिने जानकारी दिनुभयो । असोज १८ गतेदेखि पुनःनियमित सेवा सञ्चालनमा आउने उहाँले बताउनुभयो ।

गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा अवस्थित मनकामना माई मन्दिर जाने दर्शनार्थीको सहजताका लागि मनकामना केबलकार सञ्चालन भइरहेको छ । यो नेपालको पहिलो केबलकार हो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..