12/28/2025, 14:53:02
आइतबार, पुष १३, २०८२

भक्तपुरको इँटा फ्याक्ट्रीमा आगलागी, करिब १२ लाख क्षति


काठमाडौँ, पुस १३ गते । भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुँडालस्थित इँटा फ्याक्ट्रीमा आगलागी भएको छ । आइतबार बिहान विक्रम गाइजुले सञ्चालन गरेको ‘बिएम ब्रिक फ्याक्ट्री’ मा रहेको एउटा भवनमा आगलागी भएको जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी सूर्य खड्काले रातोपाटीलाई बताए ।

काँचो इँटा र माटोले बनेको दुई तले घरको माथिल्लो तलाको तीन वटा अफिस कोठामा करेन्ट सर्ट भएर आगलागी हुँदा करिब १२ लाख रुपैयाँ बराबरको क्षति भएको मूल्याङ्कन गरिएको छ । दमकलको सहयोगमा बिहान पौने ९ बजेतिर आगो निभाइएको एसपी खड्काले जानकारी दिए ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..