काठमाडौँ ,०३ भदौ : नेकपा एकीकृत समाजवादीले उपसभामुख इन्दिरा रानामगर हटाउन साथ नदिने बताएको छ । नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख हटाउन हस्ताक्षर अभियान चलाइरहेका बेला एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले आफूहरू उपसभामुख हटाउने कांग्रेस एमालेको अभियानलाई साथ नदिने बताएका हुन् ।
‘हामी उपसभामुख इन्दिरा राना मगर हटाउने पक्षमा जाँदैनौ’, प्रमुख सचेतक चौधरीले भने, ‘अहिले त्यो आवश्यकता नै छैन ।’एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष तथा सो पार्टीका संसदीय दलका उपनेता राजेन्द्र पाण्डेले पनि त्यसबारे पार्टीमा कुनै छलफल नभएको बताए ।
नेपाली कांग्रेस र एमालेले उपसभामुखलाई हटाउन मंगलबारै प्रस्ताव दर्ता गराउने तयारी गरेका छन् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!















