असार १५ काठमाडौँ । कमलादीमा रहेको स्काइवाक काठमाडौँ तेस्रो वर्षमा प्रवेश गरेको छ । वन्डर्स नेपाल प्रा लिले सञ्चालनमा ल्याएको स्काइवाक काठमाडौँको एरियल भ्यू हेर्नका लागि प्रसिद्ध छ ।
वार्षिकउत्सवका अवसरमा स्काइवाकमा आउने पाहुनालाई उनीहरुकै फोटोसहितको कप नि:शुल्क उपहार दिइने स्काइवाक काठमाडौँका अध्यक्ष तेज बहादुर सिंहले जानकारी दिए । छुट सुविधा प्रयोग नगरिएका हरेक टिकटमा यो लागू हुनेछ । तेस्रो वर्ष प्रवेशको अवसरमा ल्याइएको यो अफर तीन महिनासम्म चल्ने पाण्डेले बताए ।
१३ रोपनीमा निर्माण भएको ७८ दशमलव ५ मिटर अग्लो स्काइवाक टावर बाहिरी जिल्ला तथा विदेशबाट काठमाडौँ आउनेका लागि प्रमुख गन्तव्य बनेको छ ।
टावरको २५औँ तलामा स्काइवाक (सिसा ओछ्याइएको भूँइ)मा हिँड्न पाइन्छ । त्यहाँ हिँड्दा आकाशमा हिँडे जस्तो अनुभव हुन्छ । साहसिक गतिविधि मन पराउनेका लागि स्काइवाक काठमाडौँको प्रमुख गन्तव्य बनेको प्रवन्ध निर्देशक बिष्णुहरि पाण्डेले बताए ।
स्काइवाकमा प्रती बर्गमिटर पाँच सय किलो भार बहन क्षमताको गुणस्तरीय सिसाको प्रयोग गरिएको छ । विभिन्न स्काइवाक निर्माण गर्दा जमिनबाट ३५ मिटर तलसम्म ५८ वटा फलामका डण्डीहरु राखिएको छ । टावरको माथि पुग्नका लागि दुई वटा लिफ्ट बनाइएको छ भने एकै पटक ४५ जनासम्म माथि जान सकिन्छ । साथै स्काइवाकको माथिल्लो भागमा एकैपटक ५०० जनासम्म अट्नसक्ने कम्पनीको भनाइ छ ।
स्काइवाक साहसिक गतिविधिका लागि मात्रै होइन, काठमाडौँका एतिहासिक स्थलको जानकारी लिनका लागि पनि उपयुक्त गन्तव्य हो । यहाँबाट एतिहासिक घण्टाघर, त्रिचन्द्र क्याम्पस, रानीपोखरी, दरबार हाइस्कुल, टुँडिखेल, धरहरा, शहीदगेट, सिंहदरबारलगायतका स्थानको अवलोकन गर्न सकिन्छ ।
पछिल्लो समय जमघटको थलो बनेको यो ठाउँमा स्काइवाकबाहेक पनि विभिन्न सुविधा छन् । टावर परिसरमा साना कार्यक्रम गर्न एमपी थिएटरको पनि सुविधा छ । कम्पनीका अनुसार स्काइवाक सूर्योदय र सूर्योस्तको दृश्यावलोकन तथा योगा गर्नेका लागि पनि उपयुक्त थलो हो ।
“यो धरहराभन्दा १६ मिटर अग्लो छ, यहाँबाट काठमाडौँको ३६० डिग्रीको दृश्यावलोकन गर्न सकिन्छ, त्यसबाहेक एकै ठाउँबाट काठमाडौँ सहर हेर्दै जानकारी लिनका लागि पनि उपयुक्त गन्तव्य हो”, प्रबन्ध निर्देशक पाण्डेले भने ।
कम्पनीले अहिले पनि ८० वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिक तथा तीन फिटभन्दा कम उचाइ भएका बालबालिकालाई शुल्क लिँदैन ।
चारपांग्रे र दुई पांग्रे सवारी साधनका लागि पर्याप्त सुविधा भएको स्काइवाक परिसरमा लक्ष्मी हेयर एण्ड ब्युटी सलुन, हिमालयन जाभा, बाइबियर माइक्रो पब, फिलि चिया, बुरितो, एभरेस्ट म:म:लगायतका आउटलेट पनि छन् । साथै स्काइ बार र स्काइ क्याफे सन्चालनमा आएको छ भने स्काइ क्लब निर्माणाधीन छ ।
हेर्नुहोस् प्रेस रिलिज skywalk
Click at Photo to Enlarge