05/29/2025, 05:41:28

राष्ट्रपतिलाई आगामी बजेटबारे जानकारी


काठमाडौँ, १३ जेठ : राष्ट्रपति रामचन्द्र पौडेललाई उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेटबारे जानकारी गराउनुभएको छ ।

संवैधानिक व्यवस्थाअनुसार सरकारले यही जेठ १५ गते बजेट ल्याउँदै छ । सोही बजेटका बारेमा अर्थमन्त्री पौडेलले आज राष्ट्रपति भवन शीतल निवास पुगेर ब्रिफिङ गर्नुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । बजेट अघि आज अर्थमन्त्री पौडेलले संसद्मा आर्थिक सर्वेक्षण पेश गर्नुहुनेछ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ