04/28/2025, 16:36:00

फूटबल समाचार : म्यानचेस्टर सिटी एफए कपको फाइनलमा, लिभरपुलले चार खेल अगाडी नै प्रिमियर लिगको उपाधि जित्यो


मिति २०८२ बैसाख १५ गते, इन्ग्लिश एफए कप : आइतबार राति भएको दोश्रो सेमिफाइनल खेलमा म्यानचेस्टर सिटिले नतिंगहम फोरेस्टलाइ २-० ले जित दर्ता गरेसंगै फाइनलमा प्रवेश गरेको छ । म्यानचेस्टर सिटीका आर लुइसले २ मिनेटमा र जे ग्भार्डिओल ५१ मिनेटमा गोल गरेका थिए । यो खेल जित संगै म्यानचेस्टर सिटी, क्रिस्टल प्यालेससंग फाइनल खेल खेल्नेछ ।

इन्ग्लिश प्रिमिएर लिगको हिजो रति अप्रिल २७, २०२५ मा भएको खेलमा म्यानचेस्टर युनाइटेड र बर्नमाउथ १-१ को बराबरी खेले । एन्टोइन सेमेन्योको २३ मिनेटमा गोल गर्दै बर्नमाउथलाइ १ गोलको अग्रता दिलाएका थिए, तर ७० मिनेटमा एभानिल्सनले रेड कार्ड खादै बाहिरिए पछि बर्नमाउथ १० खेलाडीमा सिमित हुन पुग्यो जसको फलस्वरूप रस्मुस होयलुन्ड ९०+६ मिनेटमा गोल गर्दै म्यानचेस्टर युनाइटेडलाइ १-१ को बराबरीमा ल्याई पुर्याए । अर्को खेलमा भने लिभरपुल १ गोलको पछि परेको अवस्थालाइ उल्ट्याउदै ५ -१ ले टोटेन्हम माथि जित दर्ता गरे संगै लिभरपुलले यस सिजनको उपाधि हात पार्यो | ३४ खेलबाट ८२ अंक सहित पहिलो स्थानमा रहेको लिभरपुल, दोश्रो स्थानमा रहेको आर्सनल भन्दा १५ अंकले अगाडी रहेको छ । आर्सनलको ३४ खेलबाट ६७ अंक रहेको छ ।

इटालियन सिरी ए न्यापोलीले टोरिनोलाई २-०ले पराजित गर्दे अंक तालिकाको पहिलो स्थानमा उक्लेको छ, न्यापोलिको ३४ खेलबाट ७४ अंक रहेको छ भने दोश्रो स्थानमा रहेको इन्टर मिलनको ३४ खेलबाटै ७१ अंक रहेको छ । शनिबार राति भएको खेलमा इन्टर मिल आफ्नै घरेलु मैदानमा एएस रोमासंग ०-१ ले पराजित हुन् पुग्यो । अंक तालिकाको ६५ अंकसहित तेश्रो स्थानमा एटलान्टा र ६२ अंक सहित युभेन्टस चौथो स्थानमा रहेको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ