१७ चैत, काठमाडौं । अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले बेन्चबाट आएर उत्कृष्ट गोल गरेपछि मेजर लिग सकर (एमएलएस) मा इन्टर मियामीले जित हासिल गरेको छ ।
आइतबार विहान भएको खेलमा मियामीले फिलाडेल्फिया युनियनलाई २-१ गोलअन्तरले हराएको हो । वैकल्पिक खेलाडीको रूपमा दोस्रो हाफमा मैदान प्रवेश गरेका मेस्सीले मैदान प्रवेश गरेको दुई मिनेटमै शानदार गोल गरेका थिए ।
खेलको सुरुवातमै मियामीले अग्रता लिएको थियो । जोर्डी आल्बाको क्रसलाई बेन्जामिन क्रेमास्चीले पास दिए र रोबर्ट टेलरले उत्कृष्ट फिनिस गर्दै गोल गरे। ५५औं मिनेटमा मेस्सी मैदानमा छिरेपछि मियामी अझै बलियो बन्यो । लुइस सुवारेजको पास पाएका मेस्सीले उत्कृष्ट ड्रिब्लिङ गर्दै गोल गरेका थिए। ८०औं मिनेटमा ड्यानियल गाजडागले फिलाडेल्फियाका लागि एक गोल फर्काएपनि मियामीले जित भने जोगायो ।

यस जितसँगै इन्टर मियामी एमएलएसको शीर्ष स्थानमा उक्लिएको छ। अब टोलीले मंगलबार कन्काकाफ च्याम्पियन्स कपमा एलएएफसीसँग प्रतिस्पर्धा गर्नेछ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











