काठमाडौँ, २४ माघः आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । कम्पनीको माघ २३ गते बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँजीको ९ दशलमव ७३६८ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) दिने निर्णय गरेको हो ।
कम्पनीको उक्त प्रस्तावित लाभांश बीमा प्राधिकरण र आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि लगानीकर्तामा वितरण हुने छ ।