शुक्रबार, माघ १८, २०८१

ऐन कार्यान्वयनको अवस्था मूल्याङ्कन गर्नुपर्नेमा एमाले प्रमुख सचेतक भगवती न्यौपानेको जोड


काठमाडौँ, १८ माघ : राष्ट्रियसभामा नेकपा (एमाले) संसदीय दलकी प्रमुख सचेतक भगवती न्यौपानेले बनेका ऐन कार्यान्वयनको अवस्थाका विषयमा मूल्याङ्कन गर्ने अभ्यास सुरु हुनुपर्नेमा जोड दिनुभएको छ ।

राष्ट्रियसभाको आजदेखि प्रारम्भ भएको सत्रौँ अधिवेशनमा प्रमुख सचेतक न्यौपानेले नयाँ ऐन कानुन बनाउने मात्रै सांसदको जिम्मेवारी नभएको उल्लेख गर्दै विगतका ऐनको अनुमगन गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले परिवर्तन र लोकतन्त्रका पक्षमा सबैले सहकार्य गर्न आवश्यक रहेको बताउनुभयो ।

जनताकासामु गरेका वाचा पूरा गर्न हामी सबै एकाकार हुन जरुरी छ । यो अधिवेशन विधेयकको अधिवेशन हुनेछ । कानुन बनाउने सन्दर्भमा पनि एकता जरुरी छ”, प्रमुख सचेतक न्यौपानेले भन्नुभयो ।

प्रतिनिधिसभामा पठाएका सात विधेयक विचाराधीन अवस्थामा रहेको उल्लेख गर्दै उहाँले तीन विधेयक राष्ट्रियसभामा दर्ता भएका जानकारी दिनुभयो । “प्रतिनिधिसभामा धेरै विधेयक थुप्रिनु हुँदैन । राष्ट्रियसभालाई महत्व दिएर विधेयक दर्ता हुन थालेका छन् । विधेयकलाई कसरी जनताका पक्षमा बनाउने, कसरी मुलुकको हितका लागि बनाउने भनेर छलफल गर्नुपर्छ”, प्रमुख सचेतक न्यौपानेले भन्नुभयो ।

भूमिविहीनका समस्या समाधान गर्न, जनतालाई सेवा प्रभाव गर्न भएका असहज अवस्थालाई सहज गर्न भूमि व्यवस्था ऐन आएको उहाँको भनाइ थियो । सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सहकारीसम्बन्धी ऐन आएको र सरकारले ल्याएको अध्यादेश जनताका पक्षमा रहेको प्रमुख सचेतक न्यौपानेले जिकिर गर्नुभयो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading