डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका–१ स्थित ल्हुरी गाउँ । यहाँ ३० घरधुरी स्थानीयबासीहरु बसोबास गर्छन
Click on Photo to Enlarge
डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका–४ नाम्दो थामवनको चरन क्षेत्रमा चर्दै गरेका चौँरीहरु । हिमाली क्षेत्रमा ढुवानी गर्ने मुख्य यातायातका साधनका रूपमा चौँरीको प्रयोग गर्ने गरेको पाइन्छ
Click on Photo to Enlarge
अछामको साफेबगरमा सञ्चालित सातौँ साफेबगर महोत्सवमा डोटीको पूर्विचौकी गाउँपालिका सानागाउँका पुरुषहरु भुवानाच प्रदर्शन गर्दै
Click on Photo to Enlarge
धनुषाको जनकपुरधामस्थित पवित्र गङ्गा सागर आरती घाटको सन्ध्याकालिन दृश्य। यहाँ साँझमा दैनिक हुने आरतीमा पर्यटकहरू सहभागी हुन्छन्
Click on Photo to Enlarge
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय भवन। विसंं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति भएपछि पुनः निर्माण गरेर कार्यालय सञ्चालनमा ल्याइसकिएको छ
Click on Photo to Enlarge
चितवनको खैरहनी नगरपालिका–१० खरखुट्टेस्थित चोकमा राखिएको शङ्खलगायत भगवानको प्रतिमा । शङ्खको प्रतिमा राखेपछि यस चोकको नाम शङखचोक भएको छ
Click on Photo to Enlarge
लमजुङ मर्स्याङ्दी गाउँपालिका–३ हरसिंहडाँडाबाट देखिएका मनास्लु, बौद्ध हिमाललगायतका हिमश्रृङ्खला र बादल। पछिल्लो समय दृश्यावलोकनका लागि हरसिंहडाँडामा आउने पर्यटकको सङ्ख्या बढ्दो छ
Click on Photo to Enlarge
लमजुङ मर्स्याङ्दी गाउँपालिका–३ हरसिंहडाँडाबाट देखिएका मनास्लु, बौद्ध हिमाललगायतका हिमश्रृङ्खला र बादल। पछिल्लो समय दृश्यावलोकनका लागि हरसिंहडाँडामा आउने पर्यटकको सङ्ख्या बढ्दो छ
Click on Photo to Enlarge
मुस्ताङको थासाङ गाउँपालिका-३ मा अवस्थित कालोपानी बजार । पछिल्लो केही वर्ष यता कालोपानी बजार पनि मुस्ताङ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ
Click on Photo to Enlarge
जनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिर। बिहीबार बिहान यसक्षेत्रमा शीतलहर लागेको छ